
काठमाडौं, १८ मंसिर । आज मंगरबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजारले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ ।
नेपाली बजारमा आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ३० रुपैयाँले बढेर एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको एक हजार आठ सय १५ रुपैयाँ थियो ।








प्रतिक्रिया