
काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछ ।
आजको पहिलो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । आफ्नो पहिलो खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने यो एनपीएलमा पहिलो खेल हो । आजको खेल बिहान ९ बजे देखि सुरु हुनेछ ।
विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दीपेन्द्र सिंह ऐरी हुन् ।
यस्तै, दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जरबीच हुँदैछ । चितवनले सोमबारको खेलमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो । पोखराको भने यो पहिलो खेल हो । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी र कप्तान कुशल मल्ल हुन् ।








प्रतिक्रिया