२० असार २०८३, शनिबार

नेशनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी, १७ मंसिर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ ।

लुम्बिनी प्रदेशबााट योग्य भएका करिब ५५ जना अभिकर्ताहरु, विभागिय प्रमुख, एवं लुम्बिनी प्रदेशअन्तर्गत रहेका शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले लक्ष्य पूरा गर्ने सबै अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गरेका थिए । साथै, स्किमा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनोट हुने सम्पूर्ण अभिकर्ताहरुलाई प्रदेशस्तरीय सम्मान गर्ने क्रममा लुम्बिनी प्रदेशबाट छनोट हुने अभिकर्ताहरुलाई सम्मान गरेका हुन् ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र नेपालभर बाट ३०० भन्दा बढी अभिकर्ताहरु छनोट भएकोमा लुम्बिनी प्रदेशबाट मात्रै ५५ जना अभिकर्ताहरु छनोट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरे ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तृत रुपमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । यस योजनाले अभिकर्ता र सीईओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्तरक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।