३० जेष्ठ २०८३, शनिबार

एनपिएल : जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स पराजित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्न सफल भयो ।

कर्णाली याक्सले दिएको १ सय ४२ रनको लक्ष्य जनकपुरले २९ बल अगावै २ विकेटको क्षतिमा भेट्टायो।

जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई पनि ८ विकेटले पराजित गरेको थियो।