८ असार २०८३, सोमबार

काठमाडौं गुर्खाजले चितवनलाई दियो ११२ को लक्ष्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई एकसय १२ रनको लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदान कीर्तिपुरमा चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेका थिए ।

शनिबारबाट सुरु लिगमा आज दुई खेल हुँदैछ । सोमबार हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कर्णाली र जनकपुरबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ११ रन बनाएको हो ।

काठमाडौंका लागि सुमित महर्जनले ४१ बलमा सर्वाधिक २९ रन जोडे । महर्जन १७औं ओभरको पाँचौं बलमा रिजन ढकालको बलमा आउट भए । माइकल लेभिटले १६ बलमा ४ चौका र एक छक्काको सहयोगमा २५ रन बनाए ।

काठमाडौंको पहिलो विकेटका रुपमा ओपनर स्टेफन स्किनाजीलाई सोहेल तन्भिरले आउट गराए । स्किनाजी २ बलमा ४ रन बनाएर अमरसिंह राउटेलाको हातबाट समातिए ।

चितवनका लागि तन्भिरले ४ ओभरमा २१ रन खर्चिएर ५ विकेट लिए । एनपीएल एकै बलरले लिएको यो पहिलो पाँच विकेट हो । रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टेइनले समान १ विकेट लिए ।