
काठमाडौं, १७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो । यो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगिताको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा जनकपुरको यो दोस्रो खेल हो । जनकपुरले यसअघि शनिबार उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।








प्रतिक्रिया