१४ असार २०८३, आइतबार

नेशनल लाइफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ४०० जनाभन्दा बढी अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा लुम्बिनी प्रदेशअन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

सम्मान कार्यक्रममा अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेशस्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै आएको बताए । उनले यो कार्यक्रम मधेश, गण्डकी, कोशी र बागमती प्रदेशमा सम्पन्न गरिसकेको र सोही क्रममा लुम्बिनी प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए । साथै, अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने कम्पनीको योजना रहेको जानकारी गराए ।

उनले अभिकर्ताहरु माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै झल्को दिने गरी स-साना व्यवसाय गर्ने अभिकर्ताहरुलाईसमेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुर्‍याउने उदेश्यले सीईओ क्लबको धारणा ल्याएकोमा नेपालभरबाट २००० जनाभन्दा बढी अभिकर्ताहरु यस कार्यक्रममा छनोट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए ।

समारोहमा सीईओ क्लब सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरुको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।