१८ असार २०८३, बिहिबार

एनपीएल : उपनिर्वाचनका कारण आज खेल नहुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)का आज कुनै पनि खेलहरु छैनन् ।

आज देशभर स्थानीय तहको उपनिर्वाचन भएको र कीर्तिपुर नगरपालिकाको मेयर पदमा पनि मतदान हुने भएको कारण खेलहरु नराखिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

आजको खेल भोलिको लागि सारिएको हुनाले सोमबार भने दुई खेल रहेका छन् ।

क्यानका अनुसार भोलि पहिलो खेल बिहान ९ः१५ बजे काठमाडौं गुर्खाज र चितवन राइनोजबीच हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ ।