
काठमाडौं, १४ मंसिर । अछाममा प्रहरी सहायक निरीक्षक (असई) ले आफैँलाई गोली हानेका छन् ।
तुर्माखाद गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक किसनबहादुर चन्दले गएराति आफैँलाई गोली हानेका हुन् । उनले आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा गोली हानेका हुन् ।
उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी अहिले खतरामुक्त छन् । उनले के कति कारणले आफैँलाई गोली हाने भन्ने खुलेको छैन ।
घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।










प्रतिक्रिया