१ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्रीबाट लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ जना दीक्षित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी, १४ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् ।

प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरेका हुन् ।

ललितपुर जन्मिएका ९१ वर्षकी गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औं विश्वविद्यालयसभाले गुरुमालाई सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।