
काठमाडौं, १४ मंसिर । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान भइरहेको छ ।
उनको सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको हो । यसैबीच रविलाई भेट्न रवि पत्नी निकिता पौडेल लामिछाने पनि सरकारी वकिलको कार्यालयमा पुगेकी छिन् ।
श्रीमानलाई भेट्ने आशमा उनी बाहिर कुरेर बसिरहेकी हुन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो काठमाडौं ल्याइएको हो ।








प्रतिक्रिया