
काठमाडौं, १४ मंसिर । नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरु र नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार ललितपुर खुमलटारस्थित धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त राज पाण्डे, सदस्यहरु सन्दीप कार्की, पुष्प शर्मालगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रायमाझीलगायतका कार्य समिति सदस्यहरुले नवनियुक्त अध्यक्ष श्रेष्ठले समग्र पुँजी बजारलाई स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउन, लगानी कर्ताको हक हित संरक्षण गर्न तथा समग्र धितोपत्र बजारलाई समयसापेक्ष विकास र विस्तार गर्न आधुनिक प्रविधिमैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले समग्र पुँजी बजारलाई स्वच्छ, पारदर्शी तथा समय सापेक्ष आधुनिक प्रविधिमैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।















प्रतिक्रिया