१४ असार २०८३, आइतबार

श्रीलंकाविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । एसिसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाविरुद्ध नेपालले टस जितेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि श्रीलंकाले ब्याटिङ गर्ने भएको हो ।

आठ देश सहभागि एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेका छन् ।

नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग खेल्ने छ ।

प्रतियोगिताको सेमिफाइनल मंसिर २१ र फाइनल खेल २३ गते हुनेछ ।