३१ आश्विन २०८३, शनिबार

एनसेलले ‘एनपीएल’को हरेक चौकामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । एनसेल फाउण्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का प्रत्येक चौकामा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ ।

एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको जनाएको छ ।

सिद्धार्थ बैंक एनपीएल पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौका बापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामग्री प्रदान गर्ने जनाएको छ ।

शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउने फाउन्डेसनको विश्वास छ ।