
काठमाडौं, १४ मंसिर । पाकिस्तानका अलराउन्डर सोहेल तनवीरले नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।
चितवन राइनोजले नोभेम्बर ३० बाट सुरु हुने नेपाल प्रिमियर लिगको पहिलो सिजनका लागि तनवीरलाई अनुबन्ध गरेको हो ।
बाँया हाते पेस बलिङ गर्ने उनको भिन्न किसिमको शैलीले बायाँ हातका तनवीरलाई विश्वभरका क्रिकेट लिगहरूमा चर्चा कमाउन निकै मद्दत गरेको छ ।
राजस्थान रोयल्सबाट खेली आइपीएल जितेका तथा पाकिस्तान सुपर लिग विजेतासमेत रहेका तनवीरको सबैभन्दा ठूलो उपलब्धि उनले पाकिस्तान टिमबाट सन् २००९ को टी-२० विश्वकप जितेका छन् ।
तनवीरले यसलाई एक चुनौतीका रुपमा लिएको बताएका छन् । नेपाल आएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुने उनले बताए ।
‘मैले यसलाई एक चुनौतीका रुपमा लिएको छु । नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ । मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्,’ सोहेल तनवीरले भने ।








प्रतिक्रिया