
नुवाकोट, १३ मंसिर । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर-२ मा मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि ११ जना उम्मेदवारहरु मैदानमा छन्।
नेपाली कांग्रेसका वडा अध्यक्ष तिलकबहादुर लामाको निधनपछि उपनिर्वाचन हुन लागेको हो। ककनीमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टीले मत सर्वेक्षणका लागि पहिलोपटक उम्मेद्वारी दर्ता गरेका हुन्। ११ जना उम्मेदवारमध्ये दुईजनाले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गरेका छन्।
नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेसनल मंगोल अर्गनाइजेसन, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टी गरी नौवटा पार्टीले उम्मेदवारी दिएका छन्। यी मध्ये नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धामा छन्। यतिखेर सबै उम्मेदवारहरू मतदाता भेट्नका लागि घरदैलो अभियानमा छन्।
गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले वडामा जित हासिल गरेको थियो भने नेकपा माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा रहेका थिए। यस्तै २०७९ को संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले ककनी गाउँपालिकाबाट सबैभन्दा बढी मत लगेको थियो। उपनिर्वाचन हुन लागेको वडा नम्बर २ मा पनि गएको संघ र प्रदेशको निर्वाचनमा सबैभन्दा बढी मत एमालेले पाएको थियो।
यसो त ककनी-२ का मतदाताहरू निर्वाचनैपिच्छे फरक फरक उम्मेदवारहरूलाई मत दिइरहेका छन्। २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको थियो भने गएको २०७९ को निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको हो । संघ र प्रदेशको चुनावमा भने नेकपा एमालेले बढी मत ल्याएका कारण एमाले उत्साहित छन्। एमाले, कांग्रेस र माओवादीका उम्मेदवारहरू भने आफ्नो जित हुने दाबी गरिरहेका छन् ।
एमालेको पक्षमा मतदाताको आकर्षण बढ्दो
ककनी गाउँपालिका वडा न. २ मा अहिले उम्मेद्वारहरु घरदैलो अभियानमा ब्यस्त छन् । ककनी-२ को निर्वाचनको माहोल फरक ढंगले अघि बढेको छ । गएको स्थानीय चुनावमा तेस्रो स्थानमा रहेको नेकपा एमाले अहिले पहिलो स्थानको दाबेदार बनेको छ ।
ककनी २ का मतदाताहरुले दुई पटक माओवादी र कांग्रेसलाई जिताईसकेको छ । दुबै पार्टीको स्थानीय वडामा पर्फमेन्स कमजोर भएकोले पनि ककनी २ ले यो पटक एमालेलाई समर्थन गर्ने मनसाय सेट गरेको देखिन्छ । गएको चुनावमा पहिलो बनेको कांग्रेस चोईटिदा चोईटिदा तेस्रो हुने अवस्थामा पुगेको स्थानीय राजाकुमार घिमिरेले बताए । कांग्रेसका पालिका उप-सभापती मंगलसिद्वी लामा रास्वपा प्रवेश गरेर घन्टी चिन्हबाट उमेद्वार बनेका छन । उनले ककनी २ बाट कांग्रेस कै २०० मत काट्ने प्रक्षेपण छ ।
यस्तै नेपाली कांग्रेस निकट आदिवासी जनजाती संगठन नुवाकोटका कोषाध्यक्ष अमृत तामाङ पनि कांग्रेस परित्याग गरी नागरिक उन्मुक्ती पार्टीबाट उमेद्वार बनेका छन । उनले पनि कांग्रेस कै ५० बढी मत काट्ने निश्चित छ । केही टतस्थ भोट सूर्य र घण्टीमा जाने अनुमान छ । कांग्रेसको एक गुटले कांग्रेस कै उम्मेद्वार सूर्य तामाङलाई मत दिन इन्कार गरेका छन् । उनीहरु बरु हसियाँ हथौडामा मत हाल्ने मुडमा देखिएका हुन् ।
उसो त गएको संघ र प्रदेशको चुनावमा ककनी-२ मा एमालेले कांग्रेस-माओवादीको गठबन्धन भन्दा बढी मत पाएको थियो । यस कारण पनि ककनी २ मा एमालेको मत बढेको छ । ककनी गाउँपालिकाका पूर्वपालिका अध्यक्ष माओवादी परित्याग गरी एमाले प्रबेश गरेपछि माओवादी निरन्तर ओरालो गतिमा छ ।
आफ्नो मत बढाई रहेका एमालेका उम्मेद्वार यम बहादुर तामाङलाई भने घरदैलो कार्यक्रममै मतदाताले खादा, माला र टिकाले स्वागत गरिरहेका छन् । माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेद्वार भन्दा बढी सक्षम र बलियो एमालेका उम्मेद्वार रहेको खानीखोलाका स्थानीय सुरेश तामाङले बताए । शिक्षण पेशा छोडेर जनताको सेवा गर्न राजनीतिमा होमिएका यम बहादुर ११ जना मध्यकै बलियो उम्मेद्वारको रुपमा देखिएका हुन् ।
खानीखोला देखि कुलेसम्म ८० प्रतिशत मतदाता एमालेको पक्षमा रहेका छन् । सानोचित्रेमा भने एमाले, माओवादी र कांग्रेस त्रिपक्षिय भिडन्त हुने देखिएको छ । चुनावको अघिल्लो दिनसम्म एमालेमा समर्थन जुट्ने सानोचित्रेका लक्ष्मी तामाङले बताए । ओखरपौवा साविक ४ र ५ मा भने बिस्तारै एमालेको संख्या बढीरहेको शिवराम घिमिरेले बताए । यद्वपी माओवादीका उम्मेद्वार कृष्ण घिमिरेले साविक ४ र ५ आफ्नो पकड क्षेत्र रहेको दावी गरेका छन । पछील्लो अवस्थामा भने उक्त ठाउँमा माओवादी सँगै कांग्रेस र एमाले पनि निरन्तर बढीरहेको देखिन्छ ।









प्रतिक्रिया