
काठमाडौं, १३ मंसिर । सहकारीको ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइँदै छ।
उनी अब केही बेरमा त्रिभुवन विमानस्थलमा उत्रिनेछन् । रविलाई ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको हो ।








प्रतिक्रिया