१२ असार २०८३, शुक्रबार

रेडियो नेपाल अनलाइनको सम्पादकमा दाहाल नियुक्त

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । रेडियो नेपालको अनलाइन न्युज पोर्टल डब्लुडब्लुडब्लु रेडियो नेपाल अनलाइन डटकमको सम्पादकमा प्रमोदकुमार सिंह (दाहाल) नियुक्त भएका छन् ।

३ दशक भन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय दाहाललाई रेडियो नेपालको व्यवस्थापन बैठकले गरेको निर्णय अनुसार रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले अनलाइन न्युज पोर्टलको सम्पादक भएर काम गर्ने जिम्मेवारी दिएका हुन् ।

वरिष्ठ पत्रकार दाहालले रेडियो नेपालको रिपोर्टिङ शाखा प्रमुखको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।

यसैगरी अङ्ग्रेजी भाषाको समाचारमा सम्पादक पदमा कार्यरत अर्जुन सापकोटालाई अनलाइन न्युज पोर्टलको सह–सम्पादकको जिम्मेवारी दिइएको छ ।