
दैलेख, ११ मंसिर । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का जगत हमालले एमालेका उम्मेदवार जंगबहादुर शाहीलाई समर्थन गरेका छन् ।
उनले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै शाहीलाई समर्थन गरेका हुन् । हमाले काँसिकाधको जनसभामा आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेको बताउँदै पूर्णरूपमा शाहीलाई समर्थन गर्ने बताएका हुन् ।
उनले शाहीलाई मतदान गर्दै जिताउने अपिल पनि गरेका हुन् ।








प्रतिक्रिया