
काठमाडौं, ११ मंसिर । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँमा कायम भएको हो । सुन हिजो १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको भाउ आज प्रतितोला २५ रुपैयाँ घटेर १ हजार ८२० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला १ हजार ८४५ रुपैयाँ थियो ।








प्रतिक्रिया