७ असार २०८३, आइतबार

मानव तस्कारीको आरोप लागेका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । मानव तस्कारीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरूद्व मुद्वा नचलाउने निर्णय भएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरूद्व मुद्वा चलाउनु नपर्ने निर्णय गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका अधिकारीसहित ९ जना र फरार ३ जना गरी १२ जनालाई ३ वटा कसुरमा मुद्दा चलाउन राय दिइएको थियो। तर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मानव तस्करीमा उनको संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो ।

अधिकारी बाहेक अन्य ११ जनाविरूद्व भने मुद्वा चल्ने छ ।