
काठमाडौं, १० मंसिर । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन काठमाडौं-३, लाजिम्मपाटमा मुख्य कार्यालय रहेको जेनो फार्मेसी प्रालि र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरसँग विभिन्न औषधिहरु र स्वास्थसम्बन्धी सेवाहरु (फिजियोथेरापी, ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा,आयुर्वेदिक चिकित्सा, अन्य) खरिद र डेलिभरीमा छुट प्रदान गर्नेगरी व्यवसायिक सम्झौता गरेको छ ।
यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले काठमाडौं-३, लाजिम्मपाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधिहरु र स्वास्थसम्बन्धी प्रोडक्टहरु खरिदमा विशेष २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, विकास बैंकले प्रवर्द्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यही मंसिर महिना भित्र सार्वजनिक निष्काशनमार्फत् इकाईहरु बिक्रीमा ल्याउने भएको छ । यस कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक छ भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।








प्रतिक्रिया