
काठमाडौं, १० मंसिर । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरूङले नेकपा एमालेलाई दानमा दिएका जग्गाविरूद्व परेको रिटको सुनुवाई आज पनि हुन सकेन ।
न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासमा मुद्वाको पेशी तोकिएकोमा आज पनि हेर्न नभ्याइनेमा परेको हो ।
यसअघि ७ मंसिरमा न्यायाधीशहरू डा।कुमार चुडाल र शारंगा सुवेदीको इजलासमा पेशी चढेकोमा त्यो दिन पनि हेर्न नभ्याइनेमा परेको थियो ।








प्रतिक्रिया