
काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन्।
आज साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक डाकेका हुन् । प्रधानमन्त्रीले आजै २ बजेका लागि बोलाएको त्रैमासिक समीक्षा बैठक भने स्थगित गरिएको छ ।
आजको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना छ। त्यसैगरी दुवै प्रहरी संगठनको नयाँ विधेयक पनि आजको मन्त्रिपरिषद् बैठकले संसद्मा पेश गर्न स्वीकृती दिने सम्भावना छ।












प्रतिक्रिया