३१ जेष्ठ २०८३, आइतबार

छोराद्वारा बुबाको हत्या

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिवेणी (रुकुम पश्चिम), १० मंसिर । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् ।

जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् ।

आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार बुबाको हत्या गर्ने वीरबहादुर फरार रहेका छन् ।

फरार वीरबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा १० प्रहरी परिचालन गरिएको प्रहरी  निरीक्षक पाठकले जानकारी दिए । घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।