
काठमाडौं, ९ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त भएका छन् ।
बैंकको गत मंसिर ७ गते बसेको सञ्चालक समितिको ४६९औं बैठकले कायस्थलाई आजदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
करिब १४ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका कायस्थ हाल बैंकको प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन् ।
वित्त व्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजारसम्बन्धी विषयमा उनको दक्षता रहेको छ । हाल उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको सञ्चालक पनि हुन् ।








प्रतिक्रिया