
काठमाडौं, ८ मंसिर । सिप्रदी ट्रेडिङ्ग र भारत पेट्रोलियम कोर्पोरसन लिमिटेड्ले संयुक्त रुपमा ‘म्याक स्टार नाइट’ कार्यक्रम राजधानीको सोल्टी होटेलमा गत मंगलबार सम्पन्न गरेको छ ।
कार्यक्रममा सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन आधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरवराज थपलियालगायत भारत पेट्रोलियमबाट कार्यकारी निर्देशक शुभान्कर सेन, रणनीति तथा अन्तर्राष्ट्रिय विभागका उपमहाप्रबन्धक राहुल दोङ्रे, पूर्व क्षेत्रिय प्रमुख रविकान्त गोविन्दु, प्राविधिक सेवा कार्यकारी हिमांग्शु सिंघललगायात अधिकारीहरुको उपस्थिति थियो ।
म्याक स्टार नाइटमा डिलरहरुको अतिरिक्त उपस्थितिमा म्याक सिप्रदी स्टार एप एवम रुबी प्लस गृजको उद्घाटन गरियो । म्याक सिप्रदीका श्रेष्ठ १० ओटा डिलरहरुलाई विभिन्न विधामा सम्मानित गरिएको थियो।
त्यस्तै, म्याक सिप्रदीका १० वटा डिलरहरुलाई उत्कृष्ट कार्यगरेबापत विभिन्न विधामा सम्मानित गरिएको थियो । सम्मानित डिलरहरुमा सप्तकोशी बियरिङ्ग, डाइनयामिक ट्रेडिङ्ग, फोर बी सप्लायर्स, खेतान ट्रेडिङ्ग, मनकामना अटो मोबाइल्स, बंगलामुखी मोटर ट्रेडर्स, अस्त्र ईन्टरनेशनल, भवानी ट्रेड लिंक, नेक्स्ट जेनेरेसन अटोमोटिभ र श्री कामना सप्लायर्स रहेका छन् ।








प्रतिक्रिया