
काठमाडौं, ७ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकले शुक्रबार देशका विभिन्न स्थानहरूमा रक्तदान अभियान सञ्चालन गरी कुल ५६२ युनिट रगत संकलन गरेको छ ।
रक्तदान कार्यक्रम बैंकको प्रधान कार्यालय काठमाडौं, क्षेत्रीय कार्यालय नारायणगढ, पोखरा, बुटवल, कोहलपुर, इटहरी र वीरगञ्जलगायतका शहरहरूमा आयोजना गरिएको थियो ।
यसैगरी, बैंकले जिल्ला ट्राफिक कार्यालय पोखरालाई ब्रेथलाइजर र रंगिन प्रिन्टर, कीर्तिपुर अस्पताललाई ट्राफिक डिभाइडर कोन, कान्ति बाल अस्पताल र बेनी अस्पताललाई वेटिङ्ग कुर्सी प्रदान गरेको छ । बैंकले शैक्षिक संस्थाहरूमा विद्यार्थीहरूका लागि विभिन्न सहयोगहरू गरेको थियो ।
स्याङ्जाको ज्ञानज्योति आधारभूत विद्यालय लल्याङका विद्यार्थीहरुलाई ट्रयाकसूट (स्कूल ड्रेस), जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने र्याक, रामनदीधाम संस्कृत गुरुकुल राम्दी, स्याङ्जामा स्टील दराज प्रदान गरिएको थियो । मेची आधारभूत विद्यालय भद्रपुर-३ झापा, डोलो गाँउ (मेची नदीको पारीको गाँउ)मा विद्यार्थीहरुका लागि जुत्ता र मोजा वितरण गरिएको थियो भने रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसमको पोशाक वितरण गरिएको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ्ग ११ गब्दे, स्याङ्जाका विद्यार्थीहरुलाई ट्रयाकसुट (स्कूल ड्रेस) वितरण गरेको थियो ।
त्यसैगरी, ‘स्वस्थ जीवनशैली’का लागि खेलकुुद भन्ने नाराका साथ विकास बैंकले शनिबार ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ आयोजना गर्दैछ । किर्तिमानी धावक एवं ओलम्पियन बैकुण्ठ मानन्धरबाट उद्घाटन हुने खुल्लातर्फ महिला र पुरुष १० किलोमिटर र कर्पोरेटतर्फ महिला र पुरुष ५ किलोमिटर दुरीको गरी कुल ४ वटा रोड रेस प्रतियोगितामा विकास बैंकले प्रत्येक प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने धावकहरुलाई क्रमशः ७५ हजार रुपैयाँ, ६० हजार, ४५ हजार,.३० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्नेछ । खुल्ला र कर्पोरेटतर्फको रोड रेस प्रतियोगितामा गरी करिब ७०० जनाको सहभागिता रहने बैंकले जनाएको छ ।
विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमासमेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ ।








प्रतिक्रिया