
काठमाडौं, ७ मंसिर । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका पूर्व डीआईजी छविलाल जोशीलाई पोखरा पठाइएको छ ।
आज उनको बयान सकिएसँगै पोखरा पठाइएको हो । प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले उनीसँग बयान लिएको थियो ।
सहकारी ठगी प्रकरणमै पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि अब बयानका लागि काठमाडौं ल्याइने छ ।
लामिछानेलाई भोलि काठमाडौं ल्याइने बताइएको छ ।








प्रतिक्रिया