३२ असार २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : आफ्नै फैसला पुनरावलोकन गर्दै सर्वोच्च, इजरायली प्रधानमन्त्रीविरूद्व पक्राउ पुर्जी !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । सर्वोच्च अदालतले खोला किनारमा २० मिटर छोड्ने फैसलाको पुनरावलोकन गर्न अनुमति दिएको छ ।

आज यसअघिको आफ्नै फैसला पुनरावलोकनका लागि आदेश दिएको हो । अदालतले बाग्मतीलगायत काठमाडौं उपत्यकाका नदी र खोलानाला वरपरका २० मिटर क्षेत्रमा संरचना निर्माण गर्न नपाइने फैसला गरेको थियो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरु डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले पुनरावलोकनको अनुमति प्रदान गरेको हो ।

किनारमा २० मिटर छोड्नुपर्ने अदालतको फैसलाविरूद्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय साथै संघीय मामिला मन्त्रालयले छुट्टाछुट्टै निवेदन दिएका थिए ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–