
काठमाडौं, ६ मंसिर । नमस्ते पेले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकम सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ ।
यो अफर ४ मंसिरदेखि ३० माघसम्म मान्य हुने कम्पनीले जनाएको छ । यस अफरअन्तर्गत नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन, एफटीटीएच र एडीएसएलको बिल भुक्तानी तथा एनसेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरूले २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, फ्राइडे फ्ल्यास अफरअन्तर्गत, प्रत्येक शुक्रबार निश्चित समय अवधि का लागि प्रयोगकर्ताहरूले नेपाल टेलिकम र एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशत (अधिकतम २० रुपैयाँसम्म) क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । साथै, नेपाल टेलिकमका एफटीटीएच र ल्यान्डलाइन सेवा भुक्तानी गर्दा ४ प्रतिशत (अधिकतम १५० रुपैयाँसम्म)को क्यासब्याक प्राप्त गर्न सकिन्छ । क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नु नपर्ने कम्पनीले जनाएको छ ।








प्रतिक्रिया