२३ जेष्ठ २०८३, शनिबार

सडक आन्दोलनबाट ब्याक भयो रास्वपा, उपनिर्वाचनमा केन्द्रीत हुने

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको बचाउमा सडक आन्दोलन गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले अन्ततः सडक आन्दोलनलाई तत्काल बिट मार्ने निर्णय गरेको छ ।

आन्दोलनको पार्टीभित्रै आलोचना भएपछि रास्वपाले आन्दोलन स्थगित गर्दै उपनिर्वाचनमा केन्द्रीत हुने निर्णय गरेको हो ।

मंगलबार र बुधबार बसेको केन्द्रीय समितिको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा केन्द्रीय नेताहरु खटाएर मंसिर ८ र ९ मा भेला गर्ने निर्णय गरेको हो ।

उम्मेदवारी दिएका स्थानमा केन्द्रीय नेताहरु पुगेर भेला गरिने, राजनीतिक स्ट्याण्ड बताउने, राजनीतिक प्रतिशोधको जानकारी गराउन भेला गरिने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।