
काठमाडौं, ४ मंसिर । दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर प्रसाईंलाई निवासबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । बोगटीका अनुसार प्रसाईंलाई अहिले प्रहरीको साइबर ब्युरोमा उपस्थित गराइएको छ । साइबर अपराध मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए । प्रमाण भन्दै सार्वजनिक गरिएको स्क्रिनसट विश्सवसनीय लाग्दैन । प्रमाण भनिएको उक्त स्क्रिनस मंगलबार दिउँसोदेखि सामाजिक सञ्जालमा शेयर भइरहेको छ । सामाजिक सञ्जाल फेसबुकमा अनुप नेपाल नामको आइडीबाट त्यही स्क्रिनसटलाई भिडिओ बनाएर हालिएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया