
काठमाडौं, ४ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका कुमार रम्तेललाई पोखरा लगिएको छ ।
काठमाडौंमा स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बयान सकेर उनलाई पोखरा लगिएको हो । अब सहकारी ठगी प्रकरणमै कास्की प्रहरीको हिरासतमा रहेका छविलाल जोशीलाई काठमाडौं ल्याइनेछ ।
जोशीको बयान सकिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइने छ । स्वर्ण लक्ष्मी सहकारी ठगी प्रकरणमा जीवी राई, रवि लामिछानेसहित २४ जनाविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।
यो सहकारीका अध्यक्ष पनि गितेन्द्रबाबु (जीबी) राई नै हुन् ।









प्रतिक्रिया