१८ कार्तिक २०८३, बुधबार

दुर्गा प्रसाईंलाई वीर अस्पताल लगियो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,४ मंसिर । प्रधानमन्त्रीविरूद्व गम्भीर आरोप लगाएपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई वीर अस्पताल लगिएको छ ।

उनलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीले अपताल लगेको हो । प्रसाईलाई सीआईबीले आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । स्वास्थ्य परीक्षण लगत्तै उनलाई अदालत उपस्थित गराइनेछ ।

प्रसाईंमाथि लिखतसम्बन्धी कसुर (किर्ते) र विद्युतीय कारोबार (साइबर) अपराधमा अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीको तयारी छ।

प्रसाईं दुई महिनामा दोस्रोपटक फौजदारी कसुरको अनुसन्धानका लागि पक्राउ परेका हुन्।

यसअघि गत असोज ६ गते पनि साइबर अपराधमै पक्राउ परेका थिए।