३ श्रावण २०८३, आइतबार

शिखर इन्स्योरेन्सले मनायो २०औं वार्षिकोत्सव

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । शिखर इन्स्योरेन्स कम्पनीको २०औं वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्य रुपमा सम्पन्न भएको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा २० वर्षभन्दा बढी समयदेखि कार्यरत ११ जना कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्षभन्दा बढी समयदेखि कार्य गर्ने ३४ जना कर्मचारीहरुलाई १०० ग्राम चाँदीको सिक्कासहित सम्मान गरेको छ । कम्पनीले विगतमा पनि हरेक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा १० वर्षभन्दा बढी समयदेखि कम्पनीमा सेवा प्रदान गर्ने कर्मचारीहरुलाई चाँदीको सिक्कासहित सम्मान प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले आफ्नो २० वर्षको समयमा विभिन्न ऐतिहासिक सफलता हासिल गरेको छ । जसमा नेपाली निर्जीवन बीमा क्षेत्रमा १०० करोडदेखि ५०० करोडभन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी बन्न सफल भएको छ ।

बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा शिखर इन्स्योरेन्सले ओगटेको छ । यस अवधिमा कम्पनीले २० अर्ब रुपैयाँभन्दा बढीको दाबी भुक्तानी गरेको छ । कम्पनीले विभिन्न विपद् आएको समयमा पनि दाबी भुक्तानीमा अग्रसर रहदै आएको छ । साथै, २० वर्षको अवधिमा एक लाखभन्दा बढी दाबी भुक्तानी दिएको छ । साथै, कम्पनीले २० वर्षको समयमा आफ्ना शेयरधनीहरुलाई २९५ प्रतिशतको लाभांस प्रदान गरेको इतिहास छ ।

मर्जर बिना २ अर्ब ५० करोडको चुक्ता पुँजी पुर्‍याउने पहिलो बीमा कम्पनी पनि शिखर इन्स्योरेन्स बनेको छ । बीमा क्षेत्रमा १ सयभन्दा बढी शाखा सञ्जाल विस्तर गर्ने र ६०० भन्दा अधिका मानव संशाधन विकास गर्ने पहिलो बीमा कम्पनीसमेत बनेको छ ।

शिखर इन्स्योरेन्स २० वर्षको समयमा ६ पटक सम्म नेपालको बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी तथा बेष्ट इन्स्योरेन्स कम्पनीका रुपमा सम्मानित भएको छ । कम्पनी मानव संसाधनको विकासका लागि कर्पोरेट एक्सेलेन्स अवार्डबाट सम्मानित, बीमा क्षेत्रमा सबैभन्दा बढी कर भुक्तानी गरेकोले आन्तरीक राजश्व विभागबाट सम्मानित, कृषि तथा बाली बीमाको बीमा दाबी भुक्तानीका लागि नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीका रुपमा सम्मानित र नेपाल पुनर्बीमा कम्पनीबाट सबैभन्दा बढी नाफामुलक पुनर्बीमा गरेकोमा सम्मानित भएको छ ।