२४ जेष्ठ २०८३, आइतबार

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ फाइदा’ एप सञ्चालनमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोबाइल बैंकिङ सेवाको स्तरवृद्धि गरी थप सेवासहितको मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ फाइदा एप सञ्चालननपछि ग्राहकहरुले ‘मोबाइल एक फाइदा अनेक’ लिन सक्ने व्यवस्था गरेको छ । यो एप डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकोले सबै ग्राहकले सरल र सुरक्षित तरिकाले घरमा नै बसी बैंकिङ सेवा उपयोग गर्न सकिने भएको छ । ग्राहकले गर्ने सुरक्षित कारोबारको लागि सुरक्षा प्रश्नहरु राख्न सक्ने साथै ग्राहकले प्रयोग गर्ने डिभाइस ग्राहक स्वयम्‌को हो होइन पहिचान गर्ने प्रणाली रहेकाले अनधिकृत व्यक्तिको पहुँच नहुने बैंकले जनाएको छ ।

ग्राहकहरुले मोबाइल फोन तथा वेबबाट एउटै पासवर्ड प्रयोग गरी आफ्नो खाताबाट सुरक्षित कारोबार गर्न सक्नेछन् । यसका साथै, अन्य थप गरिएको सुविधाहरुमा विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटिएम कार्ड नविकरण, इकर्मस कार्ड सकृय, भाषा छनोट, विदेशी मुद्रा विनियमदर, ब्याजदर, कारोबारको सीमाको जानकारी, बैंकले दिने वस्तु तथा सेवाहरुको जानकारी, भेटघाटको लागि अनुरोध, कारोबार सफल नभएमा कारोबारको दाबी गर्न, बैंकले दिने विभिन्न सूचनाहरुको जानकारी लिन, गुनासो तथा सुझाव दिन, चेक बुक अनुरोध गर्न, विभिन्न भुक्तानीको तालिका राख्न, आम्दानी तथा खर्चको ग्राफ साथै अन्य सुविधाहरु रहेको छ । साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यही मंसिर महिना भित्र सार्वजनिक निष्काशन मार्फत् इकाईहरु बिक्रीमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।