१ कार्तिक २०८३, शनिबार

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य तोलाको १ लाख ६० हजार रुपैयाँले कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी तोलाको एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।