५ असार २०८३, शुक्रबार

‘गरिमा रोड रेस कम्पिटिसन’ आयोजना गर्दै गरिमा विकास बैंक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस कम्पिटिसन-२०८१’ आयोजना गर्ने भएको छ ।

बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको गरिमा रोड रेस कम्पिटिसन शनिबार आयोजना गर्न लागेको हो । दुवै विधाअन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चार वटा प्रतिस्पर्धा हुनेछन् ।

खुल्लातर्फको १० किलोमिटरमा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेटतर्फको ५ किलोमिटरमा संघसंस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

‘गरिमा रोड रेस कम्पिटिसन-२०८१’को महिला र पुरुषतर्फको गरी चारवटै प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

‘गरिमा रोड रेस कम्पिडिशन-२०८१’को प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाइट तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पर्क गरी नाम दर्ता गराउन सक्ने बैंकले जनाएको छ । निर्धारित सहभागी संख्या पूरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक वर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ ।

मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गइरहेको विकास बैंकले काठमाडौंमा ‘गरिमा रोड रेस कम्पिटिसन-२०८१’ सहित देशभर १८ वटा फरकफरक कार्यक्रहरुसमेत आयोजना गर्दैछ । विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसँगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउँदै आइरहेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।