२५ असार २०८३, बिहिबार

सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।

आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो ।

कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको छ । कम्पनीलाई रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।

आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा रेमिटेन्सको तर्फबाट संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मानपत्र ग्रहण गरेका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । साथै, सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।