२२ असार २०८३, सोमबार

सुनचाँदीको मूल्य बढ्यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कार्तिक । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सयरुपैयाँले बढेर तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।