
काठमाडौं, ३० कात्तिक । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशैभरि विभिन्न तहका कर्मचारीको लागि रोजगारीको अवसर ल्याएको छ । यसअन्तर्गत बजार बिक्री प्रबन्धक, कल सेन्टर, क्षेत्रीय बजार प्रतिनिधि, शाखा प्रबन्धक, फाइबर सुपर्भाइजर, फाइबर टेक्निसियन, फ्रन्ट डेक्स प्रतिनिधि नेपालभरिका लागि माग गरिएको छ ।
आकर्षक तलब सुविधा, कर्पोरेट सिम कार्ड, इन्धन तथा मर्मत भत्ता, सामाजिक सुरक्षा कोष, इन्सेन्टिभलागायतका सेवा सुविधा रहेको छ ।
यी पदहरु मार्केटिङ तथा फाइबरको लागि सम्बन्धित क्षेत्रमा एक वर्ष कार्य अनुभव भएको उमेदवारलाई प्रथामिकता दिइने कम्पनीले जनाएको छ ।
विस्तृत जानकारीको लागी कम्पनीको वेबसाइटमा लगइन गरेर अथवा क्यारियरक्लासिकडटकमएनपीमा बायोडाता पठाउन सकिनेछ । र ९८०१००४४७७ मा कल गरेर जानकारी लिन सकिने कम्पनीले बताएको छ ।









प्रतिक्रिया