२१ असार २०८३, आइतबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार भइरहेको छ ?

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कार्तिक । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँ घटेको हो ।

सुन प्रतितोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलामा ४ सय र मंगलबार २ हजार ४ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेर १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।