२४ असार २०८३, बुधबार

रवि लामिछानेको बयान आज पनि सकिएन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २८ कार्तिक । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रूपन्देही लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि सकिएन ।

सरकारी वकिलको कार्यालयमा उनको लिखित बयान भइरहेको हो । आज उनीसँग ९ घण्टा बयान लिइएको छ । बयान लिने काम भोलि सकिने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले सुप्रिमको अनुसन्धान गर्न मंगलबार रुपन्देही ल्याइएको हो ।