
काठमाडौं, २८ कात्तिक । दुई वटा ब्रोकर एसोसिएसन मर्ज भएका छन् । स्टक ब्रोकर एसोसिएसन नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन लिमिटेड मर्ज भएका हुन् ।
दुवै ब्रोकर एसोसिएसनबीच मर्जरका लागि बुधबार समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको हो । समझदारी पत्रमा स्टक ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर एसोसिएसन लिमिटेडका अध्यक्ष सागर ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जर पश्चात नयाँ संगठनको नाम स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल कायम भएको छ । सम्झौता अनुसार अब धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालका सदस्यलाई स्टक ब्रोकर्स एसोसिएशन अफ नेपालमा एकमुष्ट सदस्यता प्रदान गरिने छ ।








प्रतिक्रिया