२४ असार २०८३, बुधबार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रूपैयाँले घटेर एक लाख ६२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।