
काठमाडौं, २७ कात्तिक । फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको एकसय वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ ।
नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ किलोवाट ब्याट्री समावेस गरेको छ । जसले पूर्ण चार्जमा ३०० किलोमिटरसम्मको ड्राइभिङ्ग रेन्जको दिन्छ । साथै, यसमा १३० किलोवाट अधिकतम पावर, ३३० अधिकतम टर्क, र २५ प्रतिशत ग्रेडेबिलिटी रहेको छ । यो नेपाली बजारमा यस्ता विशेषताहरू भएको पहिलो विद्युतीय सवारी साधन बनेको छ ।

एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरिया भन्छन्, ‘आज हामी नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुशी छौँ । यो एक नवीनतम विद्युतीय सवारी साधन हो जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजानेछ । नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधाहरूमा उपलब्ध रहेको छ ।’
एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ता भन्छन्, ‘फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रुपमा बिक्री भएको, ९००,००० भन्दा बढी व्यवसायिक सवारी साधनहरूको रुपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको छ । माउन्टेन ईभी आफ्नो सेग्मेंटको एक उत्कृष्ट सवारीसाधन हो जुन नेपालका लागि निर्माण गरिएको हो ।’
माउन्टेन ईभी १४ देखि १६ सीटसम्मको विभिन्न मोडलहरूमा उपलब्ध छ । जसमा अत्यधिक स्पेस र आरामदायी हाई रुफको सुविधा छ ।








प्रतिक्रिया