१ कार्तिक २०८३, शनिबार

सामसङको नयाँ ग्यालेक्सी ए१६ फाइभजी लन्च, तीन भेरियन्टमा उपलब्ध

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । सामसङले ल्याएको छ, ग्यालेक्सी ए१६ फाइभजी । नयाँ किफायती मिडरेन्ज स्मार्टफोन, ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर ‘की आइल्याण्ड’सहितको प्रिमियम ग्यालेक्सी ए-सिरिज डिजाइन, आइपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टमको साथ ।

नयाँ ग्यालेक्सी ए१६ फाइभजी ओटाकु जात्रामा लन्च गरिएको थियो, जहाँ उपभोक्ताहरू इभेन्टमा उपकरणको प्रत्यक्ष अनुभव गर्न पाउँदा धेरै उत्साहित थिए । थुप्रै प्रशंसकहरू र प्राविधिक उत्साहीहरूका लागि एक केन्द्रको रूपमा रहेको ओटाकु जात्रा ए१६ फाइभजीका रोमाञ्चक सुविधाहरु प्रदर्शन गर्नको लागि उत्तम ठाउँ थियो । यस कार्यक्रममा सहभागी भएर सामसङले नेपाली उपभोक्ताहरूका लागि नवीन अनुभवहरू ल्याउँदै जीवन्त, प्राविधिक ज्ञान भएका समुदायहरूसँग संलग्न रहन जारी राखेको छ ।

ग्यालेक्सी ए१६ फाइभजी लोकप्रिय गायक वाङ्देन शेर्पासँग नोभेम्बर ९ मा सिल्भर ओक बैंक्वेटमा ओटाकु जात्रामा सार्वजनिक गरिएको थियो ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘अफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर ग्यालेक्सी ए१६ फाइभजीले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्ताहरूलाई लामो समयसम्म नवीनतम सुविधाहरूको आनन्द लिन सक्षम बनाउँदै मिड–रेन्ज स्मार्टफोनहरूमा अतुलनीय अनुभव प्रदान गर्न तयार छ ।’

सामसङले ग्यालेक्सी ए१६ फाइभजीलाई ग्यालेक्सी ए-सिरिजको सबैभन्दा पातलो मिडरेन्ज उपकरणको रूपमा प्रस्तुत गर्दछ, जसको मोटाई मात्र ७.९ एमएम रहेको छ । यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई यसलाई आरामसँग सजिलै समात्न सक्छन् ।

ग्यालेक्सी ए१६ फाइभजीले प्रिमियम फिनिश र विशिष्ट की आइल्याण्ड फ्रेमको साथ ग्लासस्टिक ब्याक प्यानलको सुविधा दिन्छ, जहाँ साइड माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्का रूपमा उठाइएको फ्रेममा राखिएका छन् । स्थायित्वका लागि निर्मित ग्यालेक्सी ए१६ फाइभजीले आइपी ५४ रेटिङ पनि राख्छ, जसले दैनिक सुरक्षाको लागि भरपर्दो रुपमा धुलो र पानी प्रतिरोध प्रदान गर्दछ ।

शक्तिशाली ५० एमपी प्राथमिक क्यामेरा, ५एपी अल्ट्रा-वाइड क्यामेरा र २एमपी म्याक्रो क्यामेराले सुसज्जित ग्यालेक्सी ए१६ फाइभजीले क्रीस्प र विस्तृत तस्वीरहरू खिच्दछ, जबकि १३ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलहरुको स्तरलाई बढाउँछ । फोनमा ६.७ इन्च फुल एचडी+ सुपर एमोलेड डिस्प्लेको साथमा ९० एचजेट रिफ्रेस रेट, एवं माइक्रोएसडीमार्फत १ टीबीसम्म विस्तार गर्न सकिने स्टोरेज रहेको छ ।

हुडअन्तर्गत ग्यालेक्सी ग्यालेक्सी ए१६ फाइभजी मिडियाटेक डी६३०० द्वारा सञ्चालित छ, जसले गेमिङ, स्ट्रिमिङ र सामग्री साझेदारीको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ । शक्तिशाली ५ हजार एमएएच ब्याट्रीको साथ यसले प्रयोगकर्तालाई कनेक्टेड राख्न दिनभरि पावर दिने कम्पनीले जनाएको छ ।

सामसङ ग्यालेक्सी ए१६ फाइभजीसँग ६ वर्षको अपरेटिङ सिस्टम अपडेट र ६ वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्दै दीर्घकालीन सुरक्षा र पर्फमेन्स प्रदान गर्न प्रतिबद्ध छ । इएएलएस सर्र्टिफिकेशनमार्फत मानसिक शान्ति प्रदान गर्दै सामसङ केएनओएक्स भल्टसँग सुरक्षा एक उच्च प्राथमिकता हो । यसका थप सुविधाहरूमा परिष्कृत कनेक्टीभिटीको लागि गुगल मिट र क्वीक शेयरको साथ सहज अनुभव समावेश छन् ।

कालो, हल्का हरियो र सुनौला रंगमा उपलब्ध ग्यालेक्सी ए१६ फाइभजीको ६/१२८ जीबी भेरियन्टको मूल्य २८ हजार ९९९ रुपैयाँ, ८/१२८ जीबी भेरियन्टको ३० हजार ९९९ रुपैयाँ र ८/२५६ जीबी भेरियन्टको ३४ हजार ९९९ रुपैयाँ मूल्य रहेको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी ए१६ फाइभजीको प्रत्येक खरिदमा २५ वाटको एड्याप्टर निःशुल्क आउँछ । यी उत्पादनहरु १२ नोभेम्बर २०२४ देखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो मोडल सबै अधिकृत सामसङ स्टोरहरूमा इन्स्टा फाइनान्स सेवामार्फत खरिद गर्न सकिन्छ, शून्य प्रतिशत थप ब्याज र स्विफ्ट प्रोसेसिङको साथ झन्झटरहित इएमआइ विकल्पहरू प्रदान गर्दै एक घण्टा भित्र तपाईंको उपकरण तपाईंको हातमा पाउन सकिने कम्पनीले जनाएको छ ।