२८ आश्विन २०८३, बुधबार

कारको पनि अन्तिम संस्कार ! (भिडिओसहित)

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । गाडी बिग्रियो भने मर्मत गरिन्छ, पुरानो भयो भने बेचिन्छ तर भारतको गुजरातका एक परिवारले यस्तो केही गरेनन् बरु खाल्डो खनेर गाडी गाडिदिए । उनीहरुले आफ्नो कारको अन्तिम संस्कार गरेका हुन् ।

करिब एक हजार पाँच सय जना मानिसहरुको उपस्थितिमा कारलाई खाल्डो खनेर गाडिएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा गुजरातको अमरेली जिल्लाको लाठी तालुकास्थित पदरसिङ्गा गाउँमा सञ्जय पोलारा र उनको परिवारले आयोजना गरेको कारको अन्तिम यात्रामा सन्त तथा आध्यात्मिक नेताहरूकोसमेत सहभागिता रहेको थियो ।

किसान परिवारका पोलाराले १२ वर्षअघि किनेको वैगन आर कारलाई उनीहरूले भाग्यशाली मानेका थिए । कार किनेपछि परिवारको व्यापार फस्टाएको र सामाजिक प्रतिष्ठा बढेको पोलाराको भनाइ छ ।

कारलाई फूलमालाले सजाएर पोलाराको घरदेखि फार्मसम्म धुमधामका साथ लगिएको थियो । परिवारले पूजा र मन्त्रोच्चारणसहित गुलाबको फूल चढाएपछि माटोले पुरिएको थियो ।

पोलाराले कारको समाधिस्थलमा रुख रोप्ने योजना बनाएका छन् । उनका अनुसार रुखले भावी पुस्तालाई यस घटनाको स्मरण गराउने छ ।