३१ जेष्ठ २०८३, आइतबार

प्राइम बैंकको डीजीएममा सुमितबाबु खत्री नियुक्त

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् ।

कुशल कार्यसम्पादनमा अब्बल खत्रीले बैंकिङ क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेका छन् । सिटिजन्स बैंक लिमिटेडको स्थापना कालदेखि नै कार्यरत खत्री यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए । खत्री एक महिनाअघि मात्रै सिटिजन्स बैंकबाट बाहिरिएका थिए ।

खत्री बैंकिङ क्षेत्रमा कर्जा विज्ञको रुपमा चिरपरिचित रहेका छन् । खत्रीले देशको ठूला ठूला भौतिक निर्माण आयोजनाहरुमा बैकिङ कर्जा व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् ।